६३ जिल्लामा एमालेको नेतृत्व चयन

काठमाडौं । नेकपा एमालेको ६३ जिल्ला अधिवशेन र दुई विशेष जिल्ला अधिवेशनहरु सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ ।

पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन बाँकी छ भने धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिनेछ ।

त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिनेछन् । जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक ६ वटै प्रदेश कमिटीका अधिवशेनहरु पनि सम्पन्न भएका एमालेले जनाएको छ ।

प्रतिक्रिया