जरुरी प्रकृतिका रिटको मात्र सुनुवाई गर्ने सर्वोच्चको निर्णय

काठमाडौं । सर्वोच्च अदालतको कोभिड संक्रमण बढेको भन्दै सेवा कटौती गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सेवाहरु कटौती गर्ने निर्णय गरेको हो ।

बैठकले बुधबारदेखि लागू हुनेगरी सर्वोच्चमा अब मौलिक हक प्रचलनका रिट निवेदन, बन्दी प्रत्यक्षीकरण, कोरोना र जनस्वास्थ्य सरोकार सम्बन्धी रिटमाथि मात्र सुनुवाइ हुने निर्णय गरेको छ ।

त्यसैगरी हेर्दाहेर्दैमा रहेका मुद्दा, निर्णय सुनाउने चरणमा रहेका मुद्दा, तल्लो अदालतले आदेश जारी गरेर माथिल्लो अदालतमा आउने निवेदन र थुनुवामा भएका व्यक्तिको मुद्दा पनि सर्वोच्चमा सुनुवाइ हुनेछ ।

272013115_216308664051765_5580030098726407156_n

प्रतिक्रिया