धनुषा । यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८/७९ को ६ महिनामा २८ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्ममा सो राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए ।
चालु आर्थिक वर्षको ६ महिनामा सवारी करबाट २० करोड १३ लाख ६८ हजार, सवारी चालक अनुमतिपत्र वितरणबाट आठ करोड ५५ लाख ६४ हजार तथा आयकर दस्तुरबाट २३ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ ।
यस्तै चालु आर्थिक वर्षको सो अवधिमा मोटरसाइकल सात हजार तीन, ट्याक्टर ३०६ लगायत आठ हजार नयाँ सवारी साधन दर्ता भएको कार्यालय प्रमुख साहले जानकारी दिनुभयो । सो कार्यालयले आव २०७७/७८ को ६ महिनामा २० करोड २८ लाख २१ हजार राजस्व सङ्कलन गरेको थियो
प्रतिक्रिया