काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन मितिलाई दलीय स्वार्थबाट मुक्त गर्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत पोखरेलले आवधिक निर्वाचन हुने दिन सुनिश्चित गर्न निर्वाचन हुने मिति कानुनमै किटान गर्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘लोकतन्त्रको प्राणवायु– आवधिक निर्वाचनको क्रमभंगले कसैको क्षणिक स्वार्थपूर्ति त गर्ला तर यसले अन्ततः लोकतन्त्रलाई हराउँछ । लोकतन्त्र हार्ने काम कसैले नगरौं । निर्वाचन मितिलाई दलीय स्वार्थबाट मुक्त गर्न र आवधिक निर्वाचन हुने दिन सुनिश्चित गर्न निर्वाचन हुने मिति कानुनमै किटान गरौं ।’
लोकतन्त्रको प्राणवायु- आवधिक निर्वाचनको क्रमभंगले कसैको क्षणिक स्वार्थपूर्ती त गर्ला तर यस्ले अन्तत: लोकतन्त्रलाई हराउछ। लोकतन्त्र हार्ने काम कसैलेनगरौं।
— bhojraj pokharel (@PokharelBhojraj) January 28, 2022
निर्वाचन मितिलाई दलीय स्वार्थ्यबाट मुक्तगर्न र आवधिक निर्वाचनहुने दिन सुनिस्चितगर्न निर्वाचन हुने मिति कानूनमै किटान गरौं ।
प्रतिक्रिया