रैती राग

शहीदका सपनामा खेती गर्नेको सपना 

 


शहीद तिनीहरूको देशमा पनि छन् 
शहीद मेरो देशमा पनि छन् 
तिनीहरूको देशमा शहीदका सपना साकार पार्न 
आफ्ना सपनालाई रुखमा झुण्ड्याइन्छ 
मेरो देशमा 
आफ्ना सपना साकार पार्न 
शहीदका सपनालाई रुखमा झुण्ड्याइन्छ । 


Sanjeeb Karkiव्यंग्य कवि अर्जुन पराजुलीले शहीद सप्ताहको पहिलो दिन आफ्नो फेस बुक वालमा पोष्ट गरेको यो मार्मिक र यथार्थ परक कविताले हामी हाम्रा शहीदप्रति कति कृतघ्न छौं भन्ने कुराको संकेत गर्छ । शहीदको अवमुल्यन गर्ने प्रतिको रोष र आक्रोश पनि हो यो कविता । शहीदको सम्मान नभएको देखेर चित्त कुँडाउने आम मान्छेको प्रतिबिम्ब पनि कवितामा आएको छ  । शहीदको त्याग अमरत्व र वलिदानीपूर्ण संघर्ष र गाथाले हिजोको दिनमा जे सन्देश दिन्थ्यो आज शहीद शब्द सम्मान आफैंमा विवादित र लज्जाको विषय बनेको र बनाइएको छ । शहीदहरूले देश र दुनियाँको लागि गरेको कुर्वानी फिका बनेको छ । शहीदको खेती गर्ने गलत परिपाटी र अभ्यासको विकास गरेर वास्तविक रूपमा शहीद हुने र बन्नेप्रति अचाक्ली अन्याय भएको छ ।

हामीले १९९७ सालमा देश र जनताको लागि वलिदान गर्ने चार महान शहीदको समेत अवमुल्यन हुने गरेर शहीदको खेतीपाती चलाएका छौं । कुनै पनि बहानामा मान्छे मर्नु र मारिनु शहीद हुने प्रक्रिया बनेको छ । गाडी पल्टेर मान्छे मर्दा समेत शहीद घोषणा गर्नु पर्ने र शहीदको नाममा क्षतिपूर्ति माग्ने राज्यलाई अनावश्यक दोहन गर्ने गरि दवाब दिने र कुनै पनि राजनीतिक आन्दोलन प्रदर्शनमा सहभागी भएर मृत्यु वरण गरेमा यति रकम प्रदान गरिने छ भनेर मृत्यु पूर्व नै रकम घोषणा गर्ने जुन पध्दति राजनीतिक पार्टीहरूले अबलम्बन गरे त्यो निश्चय नै घृणित कार्य हो । मार्न र मारिन उक्साउने र रकम मोलमोलाई गर्ने परम्परा बसेको कारण शहीदप्रतिको सम्मान र मर्यादामा आँच आएको छ । 

पहिलो शहीद को भन्ने बारे विवाद भए पनि जंगबहादुर राणाको हुकुमबाट १९०५ मा मारिएका अछामी युवा बाँकावीर भनिने बलदेव शाही नै मिति र समयका आधारमा पहिलो शहीद हुन् । उनले पनि राणा शाहीको अत्याचार विरुध्द राणाका कर्मचारीलाई दाल, चामल, घिउ, मसला, लैनो नौमुठे गाई सित्तैमा  दिनुपर्ने र छोरी चेलीलाई हातपात गर्दा चुपचाप बस्नुपर्ने बाध्यताको बिरुध्द हुँकार गरेर राणा फौजलाई रासन नदिने अभियान चलाएका थिए तसर्थ पहिलो शहीद बाँकवीरलाई मान्न सकिने प्रसस्त आधारहरू छन् । तिनै महान शहीदको रगत लत्पतिएर शुरु भएको शहीद बन्ने परम्परा आज अपवित्र र विवादित अवमुल्यनको विषय बनेको छ । गोरखाका लखन थापा जो १९३३ मा गोरखा जिल्लाको मनकामना मनि्दर परिसरको रुखमा झुण्ड्याए राज्य विप्लव गरेको आरोपमा मारिएको थिए । यस्ता अनेकन ज्ञात अज्ञात शहीद र वीरहरुको गौरवपूर्ण गाथाको जगमा निर्मित आजको नेपाल ती महान आत्माहरुको समेत अवमुल्यन गर्दै जसलाई पनि शहीदको ट्याग भिराई दिने चलन नेपालमा बसेको छ  राष्ट्र, राषि्ट्रयता, राषि्ट्रय अखण्डता, राषि्ट्रय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्र लगायत यावत राषि्ट्रय र अन्य विशेष क्षेत्रमा योगदान गरेर प्राणको आहुति गर्ने व्यकि्तलाई सामान्यतया शहीद भनिन्छ तर सानोतिनो दुर्घटनामा मरेका, घर भत्काउँदा मरेका, बाढीपहिरोमा परेका समेतलाई शहीद भन्दै पार्टीको झण्डा ओडाएर राज्यसँग क्षतिपूर्ति माग्ने संस्कारले वास्तविक शहीद र तिनको महानकार्यको अवमुल्यन भएको छ । राषि्ट्रय स्वार्थको लागि मारिने र कुनै व्यकि्त विशेषको स्वार्थको लागि मारिने अनि सडक बनाउँदा दुर्घटनामा मारिने सबैलाई एकै बास्केटमा राखेर शहीद भन्नु कति उचित अनुचित हो ? मूल्याङ्कन, पुनमूल्याङ्कन गरिनुपर्छ । अन्यथा मर्यादा र अमर्यादा एकै हुनजान्छ ।

शहीदको सम्मान भनेको उनको जन्म दिनमा एक मिनेट मौनधारण मात्रै होइन । उनीहरू जे उदेश्य र जुन रिति निर्माण गर्न जीवन उत्सर्ग गर्न तयार भएका थिए सो कुराको निर्वाध उपभोग त्यो प्रणाली र विचारले कति मान्यता पायो त्यो मुख्य कुरा हो । दिवस केवल सम्झना गर्ने दिन हो तर उदेश्य उनीहरुको जीवन आहुतिले प्राप्त अधिकार र स्वतन्त्रताको प्रयोग कति न्यायोचित समानुपातिक र समावेशी छ त्यसलाई सम्बोधन गर्ने हो, हुनुपर्छ । शहीद दिवस मनाइनुको अभिप्राय महान सपुतहरूको श्रध्दापूर्वक स्मरण र आदर्शप्रतिको सम्मान र वीरताको पूजा पनि हो । शहीद दिवस केवल कर्मकाण्डीय हुनु हुँदैन । राष्ट्रले गर्ने कर्तव्य र सम्मानको निरन्तरता हुनुपर्छ ।

२०१२ सालमा काठमाडौँ महानगर पालिकाको संयोजनमा प्रत्येक माघ १६ गते मनाइने शहीद दिवस आज पर्यन्त एक हप्तासम्म मनाइने गरिन्छ । शहीदको सपना साकार पार्ने कर्तव्य बिर्सेर आफ्नो निजी सपना साकार पर्ने उदेश्य र प्रयोजनार्थ शहीद उत्पादन गर्ने शहीदको खेती गर्ने र हरेक राजनीतिक पार्टीका आ–आफ्ना शहीद हुने परम्पराको अन्त्य शहीद दिवसको दिन राज्यले गर्नु पर्ने संकल्प र प्रण हो । शहीद पार्टीका र कुनै विशेष अवस्थाका हुँदैनन्, शहीद राष्ट्रको साझा पहिचान र सम्मान हुन् । आदर्श र प्रेरणा हुन् । ऊर्जा र देश भकि्तको सपना हुन् । शहीद कसलाई भन्ने र कसलाई मान्ने स्पष्ट परिभाषा र सिमांकन हुनु जरुरी छ । जथाभावी शहीद तोक्ने र आफ्नो निजी आवश्यकता र पार्टी स्वार्थको लागि शहीद घोषणा गर्ने सस्तो र विकृत प्रथामा सुधार गरेर वास्तविक शहीदको सम्मान र मर्यादा कायम गर्न राज्यले विशेष पहल लिनु बुधि्दमानी हुन्छ ।

१० वर्षे जनयुध्द, मधेश आन्दोलन जनजाति, आन्दोलन लगायत विविध आन्दोलन र समयमा मान्छेहरु मारिएका छन् ती मारिनेहरू सबै शहीद नहुन पनि सक्छन् । शहीद हुनेहरू पनि छन् तिनको वास्तविक तथ्यांक बाहिर आउनु र शहीदको संख्या तोकिनु पर्छ । अनाहकमा ज्यान गुमाएकाहरुलाई पनि राज्यले सम्मान दिनुपर्छ तर सबै शहीद होइनन् र हुन् सक्तैनन् । शहीद दिवस सप्ताहको यो पुनित अवसरमा ज्ञात अज्ञात समस्त शहीदहरूप्रति भावपूर्ण श्रद्दाञ्जली । आजको सवाल आफ्नो सपना होइन शहीदको सपना साकार पार्ने र तिनले देखेको सुनौलो नेपाल निर्माणको पवित्र उदेश्यलाई सबै मिलेर सफल पारौं । शहीदको आत्मा दुख्ने गरेर शहीदको अपमान हुने गरेर शहीदको खेती गर्ने घृणित कार्य बन्द गरौं । शहीदको आशिर्वाद प्राप्त भैरहन्छ । प्रजातन्त्र प्रापि्तको आन्दोलन २००७ साल होस् या २०४६को जान आन्दोलन या २०५२ मा शुरु भएको जनयुध्द, २०६२-०६३मा भएको गणतन्त्र स्थापनाको आन्दोलन या २०६३ ÷०६४ को मधेश आन्दोलन १९०५ देखि शुरु भएको शहीद बन्ने परम्परा आजसम्म देश हितको लागि जीवन  कुर्वानी गर्ने समस्त नेपाल आमाका छोराछोरीहरू आजको नेपाल निर्माणको जग र आधार स्तम्भ हुन् । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनका संवाहक हुन्, तिनको सम्मान वर्षमा एक दिन एक मिनेट र एक हप्ता होइन दैननि्दनको राज्यको कि्रयाकलाप र संकल्पमा देखिनु वान्छनीय छ । आज हामीले उपभोग गरेको गणतन्त्र, स्वतन्त्रता र आधुनिक सभ्यताको हर प्रयासमा शहीदको थोपा थोपा रगत र पसिनाको देन छ । 
 

प्रतिक्रिया