स्वस्थानी व्रत आरम्भ भएदेखि माधवनारायणको दर्शन गर्न भक्तजनहरु शालीनदी पुग्ने गर्छन्। सोमवारबाट भने माधवनारायण ’परदेश यात्रा’मा निस्किएका छन्। जसकारण अहिले शालीनदीमा भक्तजनको संख्या घटेको छ।
सोमवार नै व्रतालुसहित माधव नारायण साँखुबाट बाहिरिएका हुन्। साँखुबाट बज्रयोगिनी मन्दिर पुगेर त्यहाँबाट माधव नारायणलाई पशुपति पु¥याइएको थियो। साँखुमा एक महिना लामो व्रत बसिरहेका व्रतालुहरु माधवनारायणसँगै पैदल हिँडेर पशुपति पुगेका थिए ।
मंगलबार बिहानै पशुपति मन्दिर परिसरमा रहेको विरुपाक्ष मन्दिर अगाडि माधवनारायण मूर्तिलाई वाग्मतीमा स्नान गराइएको थियो । साँखुदेखि नै पैदल आएका व्रतालुहरुले पनि वाग्मतीमा स्नान गरी मन्दिर परिसरमा रहेका मूर्ति पूजा गरेर अन्य भक्तालुलाई टीका लगाइदिएका थिए। आजै पशुपतिबाट माधवनारायणलाई फर्पिङ लगिएको छ।परदेश यात्राको क्रममा माधवनारायणलाई साँखुबाट पनौती र चाँगुनारायण समेत लैजाने गरिन्छ।
प्रतिक्रिया