हिमपातले यातायात अवरुद्ध, जनजीवन कष्टकर



दोलखा, माघ २१: दुई दिनदेखि परेको हिमपातका कारण दोलखाको केही ठाउँमा यातायात अवरुद्ध भएको छ भने जनजीवन कष्टकर बनेको छ । 
हिजो रातिदेखि परेको हिमपातका कारण दोलखाको खरिढुङ्गा क्षेत्रमा यातायात अवरुद्ध हुँदा दोलखा र काठमाडौँको यातायात सम्पर्क टुटेको छ । प्रसिद्ध कालिन्चोक मन्दिर क्षेत्रमा आएका आन्तरिक पर्यटकहरु मुडेमै रोकिएका छन्  । 


त्यसैगरी अत्यधिक हिमपातका कारण चरिकोट – कालिन्चोक यातायात पनि रोकिएको छ । खावा क्षेत्रमा हिमपात भएपछि सदरमुकाम चरिकोट र जिरीको यातायात सम्पर्क टुटेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले जानकारी दिए । 


हिमपातका कारण जिल्लाका उच्च पहाडी र हिमाली भेगका वस्तीहरुमा जनजीवन झन कठिन भएको छ । खरिढुङ्गा, लामाबगरको लप्ची, गौरीशंकरको वेदिङ, खावा लगायतका क्षेत्रका वस्तीहरुमा जनजीवन कष्टकर बनेको सशस्त्र प्रहरी बल, चरिकोटका प्रहरी नायव उपरीक्षक बुदि्धनारायण महर्जनले जानकारी दिए । 


हरेक शुक्रवार प्रसिद्ध कालिन्चोक भगवती मनि्दर क्षेत्रमा ठुलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । तर यो साता अत्यधिक हिमपातका कारण कालिन्चोक जाने पर्यटकहरु सो क्षेत्रसम्म पुग्न सकेनन् । कालिन्चोक क्षेत्रका लागि आएका आन्तरिक पर्यटकहरु कतिपय चरिकोट र कतिपय मुडेमै रोकिएको कालिन्चोक कन्ट्री भिल्ला होलटका सञ्चालक नविन खड्काले बताए । …अहिलेसम्मकै सबैभन्दा धेरै हिमपातका कारण कालिन्चोकको कुरीका लागि आएका पर्यटकहरु चरिकोट र मुडेमै बस्न बाध्य भए । कुरीको मौसमी र व्यवसायको अवस्था अत्यन्त नाजुक छ ।Ú सञ्चालक खड्काले बताए । 


धेरै वर्षपछि चरिकोट र आसपासमा यति धेरै हिउँ परेको हो । यसले गर्दा चरिकोटमा पनि निकै चिसो बढेको छ । चरिकोटका व्यवसायी प्रकाश पन्तले बताए । 

snow chariko_6043

प्रतिक्रिया