काठमाडौं । झापा विर्तामोडकी कृपा पौडेलले गायन रियालिटी शो ’सारेगामापा लिटिल च्याम्प्स नेपाल’को उपाधि जितेकी छन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा कृपा सबैभन्दा बढी भोट ल्याउँदै विजेता घोषित भएकी हुन्।
१४ वर्षीया कृपाले उपाधिसँगै १६ लाख नगद हात पारिन् । सारेगामापाको फस्ट रनर अफ रोशा फुयाँल र सेकेन्ड रनर अप आदित्य विश्वकर्मा भए । टप फाइनालिस्टमा कृपा, रोशा र आदित्यसँगै अभिज्ञा घिमिरे र अरुण सुनार परेका थिए।
प्रतिक्रिया