गाँठी कुरा यत्ति हो कमल काजीले हार्नु हुँदैनथ्यो ।
नियम सङ्गत हार–जित युकि्तसङ्गत खेलका स्वाभाविक नियम र परिणाम हुन् । प्रतिष्पर्धामा उत्रेपछि खेलमा होस् या राजनीतिमा एउटाले जित्ने र अर्कोले हार्ने ( उपविजेता) बन्ने परिणाम प्राप्त हुन्छ । लज्जास्पद हार र विजयीसँग सनि्नकट हार फरक फरक कुरा हुन् । झन् आफ्नो पार्टीको आन्तरिक प्रतिस्पर्धामा सम्मानजनक मत सहित उपविजेता बन्नु भनेको प्राविधिक रूपमा मात्रै पछि पर्नु हो । राजनीतिक साझेदारी र हिस्सेदारी सँगै निर्वाह गर्नु हो । प्रतिस्पर्धामा भाग लिएपछि जितमा उन्मत्त बन्नु र हारमा पीडाबोध गर्नु कुशल खेलाडीका गुण होइनन् । पराजित हुनु भनेको जीवनको लय र रफतारमा पूर्ण बन्देज लाग्नु किमार्थ होइन बरु केही सिक्नु र नवीन स्टेपको लागि पहलकदमी लिनु र आफूलाई परिपक्व बनाउनु पनि हो । सबै भन्दा ठूलो कुरा जिन्दगीमा सिक्ने कुराको अन्त्य जीवनकाल पर्यन्त रहने हुनाले नयाँ कुरा सिकेको आत्मबोध गर्नु हो ।
जीवन बोध आत्मबोध गर्न नसक्दा नजान्दा धेरै अवसर धेरैले गुमाएका पनि छन् - छौं । हार स्वीकार गर्न पनि फराकिलो र ठूलो छाती चाहिन्छ । यदाकदा अनपेकि्षत हारले मान्छेलाई विकि्षप्त पनि गराउँछ । आफ्नो गरिमा नैतिकता इमान धर्म र वाचा कबोल भुल्न पनि बाध्य गराउँछ । हार स्वीकार गर्ने कल्चरको अभावमा कमल थापा यतिबेला त्यस्तै चरित्रको चित्र लिएर देखिएका छन् । जसले पवित्र धर्म ग्रन्थ गीताको कसमलाई विद्या कसम भए यो गर्दिन भन्दै कसम खाँदै उपद्रो गर्दै गरेको केटौले बुधि्दसँग तुलना योग्य बनाए । एउटा चिरपरिचित नेता थुप्रै हण्डर र ठक्कर खाएर राजनीतिमा जमेको मान्छेको यो हदको उत्ताउलोपनले धेरैको मन दुखेको छ । राजनीतिक सिध्दान्तसँग सहमत असहमत हुन सकिन्छ तर राजनीतिमा नाम भएको मान्छेले आफ्नो नामको अवमूल्यन गरेको जोकोहीलाई बेठिक लाग्छ ।
अहम् र आफूलाई मात्र सर्वेसर्वा ठान्ने आफू बाहेक अरु रैती र दास सम्झने मनोविज्ञानले ग्रस्त हीन भावना भएका मान्छेको रूपमा कमल थापाले आफ्नो अन्तर पार्टी अभ्यासको पराजयलाई लिए । जुन दुर्भाग्यपूर्ण छ । एउटा साधारण लिम्बुको छोरा नाथे राजेन्द्र लिङ्देनले मलाई हराउने भन्नेजस्तो सुपर इगो भएको मनोगन्ंथीको कारण हार स्वीकार गर्न नसकेर कमल थापाले आफू पराजित बनेको दुई महिनासम्म अनेकन प्रतिकि्रया व्यक्त गरेर बसे । आफ्नो राजनीतिक, सांस्कृतिक सुझबुझ कुन लेवलको हो छताछुल्ल पारेर माघ २५ का दिन आफू संलग्न पार्टी विगत ३१ वर्ष देखि रजाईं गरेको दल त्याग्ने घोषणा गरे । उनको पार्टी त्याग्ने घोषणा झट्ट हेर्दा, बाहिरी आवरणमा पार्टी फुटाएको नदेखाउने भए पनि उनको उदेश्य र अन्तर्निहित यथार्थ राषि्ट्रय प्रजातन्त्र पार्टीको बिभाजन नै हो । आफू र आफ्नो समूह अलग्याउने प्रपञ्च नै हो । यद्यपि उनले अर्को दल खोल्ने र अर्को कुनै पार्टी प्रवेश गर्ने घोषणा बाहिरिएको छैन । सुनिंदै छ उनी एमालेले ओछ्याएको रातो कार्पेटमा टेकेर ओलीको दैलोमा भिति्रने सुरसारमा पनि छन् । जहाँ उनी बार्गेनिङ गरिरहेका छन् । मोलमोलाईमा आफूले खोजेको भाउ पाए उनले एमालेमा आफ्नो राजनीतिक जिन्दगीको लिलाम गर्नेछन् । कथं एमालेले उनलाई सेकेन्ड ह्याण्ड वा त्यो भन्दा तल कवाडीको मूल्य मात्र दियो भने आफ्नो छुट्टै दल बनाउने छन् ।
जहाँ सुरुका केही समय नयाँ मान्छेको नाम या कुनै पुराना पञ्च पृष्ठभूमिका मान्छेको नाममा दर्ता गरिने र त्यसको हर्ताकर्ता केन्द्रमा आफूलाई राखेर राजनीतिक खुद्रा दोकान चलाइने र केही समयपछि पुन आफैं नेतृत्वमा पुग्ने कमलको दाउ राजनीतिक विश्लेषण र कमल थापाको स्वाभावको विशेषता देखिन्छ । केही समय पूर्व राजा ज्ञानेन्द्र शाहलाई आफ्नो पराजयको दोष थोपरेर घुर्क्याउने र आफूलाई ज्ञानेन्द्र शाहकै पहलमा राप्रपाको सर्वमान्य नेता बन्ने रणनीति पनि हुनसक्ने सम्भावना उति्तकै छ । पद र सत्ताबिना बस्न नसक्ने स्वभावले कि धार्मिक सन्यास कि राजनीतिक तिकडम जारी नै राख्ने दुवै विकल्प कमलका सामुन्ने छन् । धार्मिक सन्यास यिनका हकमा ढोंग देखिने छ यिनले गीताको अपमान गरिसकेका छन् । गीता छोएर कसम खाएका मान्छेले अब नामको जिन्दगी सुहाउँदैन गुमनाम जिन्दगी सुहाउँछ । परापूर्वकालदेखि गीतालाई सत्य र भगवानको वाक्यको रूपमा लिइन्छ । गीतालाई सत्यको प्रतीक मानिन्छ । आज जस्तो अदालत र कानुनको व्यवस्था नहुँदा धर्मलाई सर्वोपरी ठानेर यसको कसम खान लाएपछि मान्छे अधर्म गर्न हचि्कन्छ असत गर्दैन भनेर गीतालाई छोएर कसम खाने खुवाउने परिपाटी बनेको हो । धरतीमा धर्म र सत्य छ भने असत्य बोल्दा २१ कुल सम्म नास हुन्छ, नर्कको स्थायी वास हुन्छ भन्ने पूर्वीय धार्मिक मान्यता छ । मलाई दुःख लागेको छ अब कमलको सि्थति के होला ? यो मेरो विश्वासको आधारमा होइन कमलको विश्वासको हकमा सोधिने प्रश्न हो ।
पञ्चायतदेखि बहुदलीय र गणतन्त्रसम्म सत्तामा रहेर आफ्नो दुनो सोझ्याउन चतुर मान्छे कमल थापा गणतन्त्रका नायकहरूको लागि पनि अपरिहार्य बनिसकेका व्यकि्त हुन् । मानौं, कमल थापाको गाईको हिन्दुवादी गोबरले सबै पार्टीका दैला र भण्डार पोतिएर पवित्र छन् । यसर्थ कमल थापा आफ्नो पार्टी सत्ताबाट विमुख बनेर बाहिर बस्नुपर्दा दुःखी छन् । हारले रन्थनिएर पीडाबोधको चर्को पतिकि्रया व्यक्त गर्दै दोष पूर्व राजा ज्ञानेन्द्रको थाप्लोमा हालेर आफ्नो असक्षमता ढाकछोप गर्दै विलाप गरिरहेका छन् । जे भनेर जसो गरेर प्रतिकि्रया दिए पनि आक्रोश पोखे पनि यी सबको पछाडि लुकेको अब प्रकट भैसकेको सत्य हो । गाँठी कुरा हो, थापा काजीले हार्नु हुँदैनथ्यो । झन् एउटा फुच्चे लिम्बुको छोरासँग त हार्नै हुँदैनथ्यो । जति हातको डोरी बाटे पनि अन्तर्य यही हो । दुःखमनाउ यसैमा हो । अपमानित भएको कारण नै यही हो । थापाकाजीको सिंहासन लिम्बुको छोराले खोस्ने ? वीर भकि्त थापा र देशभक्त भीमसेन थापाको दाँजोमा आफूलाई राखेका थापा बडाकाजीका सन्ततिलाई नाथे चिम्सा आँखा भएको लिम्बुले हराउने ? पक्कै यो खप्न र सहन सकिने विषय भएन कमलकाजीका लागि ? कमल थापाले परिसि्थतिको ठोस विश्लेषण गरेर आफूले पार्टीलाई पार्टीको शकि्त र नारालाई कहाँबाट कहाँ पुर्याए त्यो बुझ्न सकेनन् केवल लिम्बुको छोराले हराएको मात्रै बुझे । लिम्बुको छोरासँग हारेको स्वीकार गर्न कठिन भएको कारण उनले शीतलनिवास ज्ञानेन्द्रतिर बन्दुक सोझ्याएर आफ्नो हार लिम्बूसँग नभएर राजासँग भएको अर्थ दिने भाष्य समेत निर्माण गरेर क्षतिपूर्ति लिँदैछन् । कति गाह्रो छ हारें भनेर हात उठाउनलाई ? यसर्थ हार स्वीकार गर्न पनि फराकिलो मुटु चाहिन्छ । जित र हार खेलका दुई पाटा हुन् भनेर बुझ्ने विवेक चाहिन्छ । खेलमा झेल अस्वीकार्य हुन्छ तर परिणाम प्राप्त भएपछिको बहानाबाजी र अस्वीकार गर्ने नीति र नियत खोटपूर्ण छ ।
दुषित छ, अराजनीतिक छ । अनैतिक छ । यदाकदा राजनीतिमा नैतिक हार र अनैतिक जित पनि हुन्छ तर कमल थापाको हार पनि अनैतिक देखियो । गीता छोएर कसम खाने मानकको खिल्ली उड्यो । निष्ठा र विश्वासमा विचलन देखियो । बोलीको वेट रहेन । सेना लिएर मैदानमा निस्केपछि उसका सेना बलियो भएको कारण म हारें भन्ने कि म बलियो नभएर हारें भन्ने ? या उसका सेना नभएको भए म जित्थें भनेर जिकिर गर्ने ? आफ्नो कमजोरी र यथार्थ स्वीकार गर्न नसक्नु पनि एक प्रकारको रोग र हेजिमोनीको मनोविज्ञान मात्रै हो । २०४७ सालको संविधानलाई आदर्श मानेर सोही संविधान अनुसारको संवैधानिक राजतन्त्रको प्रावधान हिन्दु राज्य र गणतन्त्र र संघियताको खारेजी आफ्नो आदर्श र पार्टीको निर्देशक सिध्दान्त सम्झने थापा आफ्नो आइडियोलोजी बिर्सेर स्थानीय विकास एवं संघीय मन्त्रालय रोजेर अवसरवादी सिध्दान्तच्युत राजनीति गर्न सत्तालाई अभिस्ट ठान्दै कुद्ने राजनीतिक खेलाडी हुन् । व्यक्तिको जीवन दर्शन व्यवहारिक पाटो कति फरक पर्छ । राजा र हिन्दुत्वको नारा दिएर २०६४ को संविधान सभामा २५ सिट जितेको राप्रपा २०७४ को संघीय संसदमा १ सिटमा खुमि्चन पुग्यो तथापि यसको अपयश लिन कमल मन्जूर भएनन् । त्यसैले कार्यकर्ता मार्फत राजेन्द्रले दणि्डत गरेर यिनको सिंहासन हत्याए ।
तीसको दशकमा राष्ट्रवादी विद्यार्थी मण्डलको अध्यक्ष, गाउँ फर्क राषि्ट्रय अभियानमा नारायणी अंचलको सदस्य सचिव जस्ता पंचायतकालिन पृष्ठभूमिका कारण २०४३ सालमा राषि्ट्रय पंचायतमा निर्वाचित भएर मरिचमान सिंहको मन्त्री मण्डलका सदस्य भएका थापा २०५२ मा प्रजातन्त्र बहाली पछि पनि २०७४ सालसम्म पटक पटक मन्त्री र उपप्रधानमन्त्री समेत ११ चोटी सत्ताको वरिपरि बसेका पात्र हुन् । पार्टी राजनीतिमा २०४९मा लोकेन्द्रबहादुर चन्द र सूर्य बहादुर थापाको राप्रपा एक हुँदा पार्टी प्रवक्ता बनेर पार्टी सत्ताको केन्द्रमा पुगेका कमल थापा राप्रपा विभाजनको कारण, साक्षी र भोक्ता बन्दा जहिल्यै शीर्ष नेतृत्वमा रहे । आफ्नै प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द विरुध्दको अविश्वास प्रस्तावमा मत दिँदा जहाजका मुसा प्रवृतिको बिल्ला लागेका कमल थापा २०६१ माघमा राजा ज्ञानेन्द्रले कु गर्दा शकि्तशाली गृहमन्त्री बनेका थिए । २०६२ पुसमा आफ्नै नेतृत्वमा राप्रपा नेपाल गठन गरे यता उनी यो पार्टीको शीर्ष ताज पहिरिने नेता मध्यम नै थिए । तर अफशोश सैनिक खानदान कर्णेलका छोरा थापाकाजीलाई २०७८ पुसमा राजेन्द्र लिङ्गदेन नामको लिम्बुले उनको ताज वैधानिक रूपमा नै खोसेर आफूले लाएपछि काजिसाबको स्वपि्नल महल ढल्यो । तव बर्बराउन थाले, एेंठन भएको सम्झन लागे ।
२६ वर्षको उमेरमा अखिल नेपाल फूटबल सङ्घको अध्यक्ष, टेवल टेनिसका कुसल खेलाडी र नेपाली फुटबल टिमका कप्तान, राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर, गीतकार कमल थापालाई खेलको नियममा हारजित स्वाभाविक हुन्छ । प्रतिष्पर्धा गरेपछि कनिष्ठ कार्यकर्तासँग नै पराजित भए पनि सहर्ष स्वीकार्नु पर्छ त्यो राजनेताको क्वालिटी हो भन्ने कुरा सम्झाउन पर्ला र ? राजनीति जितहारको खेल मात्र होइन संस्कार, व्यवहार र आचरण पनि हो । नेता कार्यकर्ताले अन्तर्घात गरेर चुनावमा पराजित गर्दा समेत आफू नेतृत्वमा हुनुको कारण सबै दोष आफ्नै हो र हारको एकमात्र कारण मै हुँ, मै जिम्मा लिन्छु भन्ने कृष्ण प्रसाद भट्टराई यही माटोका र देशका हुन् भन्ने कमल थापालाई जानकारी नहोला र ? कमलको रोदन र चित्कार दयनीय किन बनेन र छैन ? अन्यथा लफडा गर्नु अर्को पार्टी बनाउनु र हिन्दु धर्मको राजनीति गर्ने कट्टर अनुयायीले गीताको कसमको अपमान गर्नु र आफ्नो अवमूल्यन गर्नु भन्दा गम्भीर समीक्षा आत्मालोचनाको विकल्पतिर पो जाने कि ? कमल हिलोमा फुलेर हिलोमा नै झर्ने नियति लिएर नआएको पनि त हुनसक्छ नि ?
प्रतिक्रिया