'तीन दलको तीन स्वार्थले प्रधानन्यायाधीशविरुद्ध महाभियोग'

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याएको भन्दै तीन दलको आलोचना गरेका छन् ।

सोमबार सामाजिक संजालमार्फत थापाले एमसीसी पास गर्ने कांग्रेसको स्वार्थ, हत्या अभियोगबाट सभामुखलाई जोगाउने माओवादीको स्वार्थ र सांसद पद जोगाउने नेकपा(एकीकृत समाजवादी)को स्वार्थले प्रधानन्यायाधीशमाथि महाभियोग ल्याइएको बताएका हुन् । उनले महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीतिभित्र रहेको विकृतिको नमूना भएको बताए छन् ।

उनले भनेका छन्, ‘प्रधानन्यायाधीशलाई हटाउनु पर्ने बेला चुपचाप बस्ने, अहिले एमसीसी पास गर्ने (कंग्रेस स्वार्थ),हत्या अभियोगबाट सभामुखलाई जोगाउने(माओवादी स्वार्थ) र नेकपा(एस)को सासंद पद जोगाउने प्रपंचमा प्रन्या राणा विरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो।’

 

प्रतिक्रिया