६८० जनामा कोरोना संक्रमण, १,८३५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७४०३९ पुगेको छ । त्यस्तै १८३५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९४२७३७ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११९०२ पुगेको छ । क्वारेन्टाइनमा ११२ जना छन् भने आइसोलेसनमा १९,४०० सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया