अलमलिएको सरकार, भत्किएको संसद् र बिग्रिएको न्यायालयले प्रजातन्त्रलाई कता पुर्याइरहेको छ ?

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियता बिनाको प्रजातन्त्र सुरक्षा कवच र न्यायको छाता बन्न नसक्ने बताएका छन् । ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गरी पूर्वराजा शाहले राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रका लागि जनता र राजा सधैँ एक रही आएको र रही रहने बताएका हुन् ।

उनले प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सुप्रबन्ध नै सही प्रजातान्त्रिक प्रणाली हो। राष्ट्रियता बिनाको प्रजातन्त्र, आकाशमा महल बनाएजस्तो हुन्छ। न त्यो कसैको सुरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ।’

उनले प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नरहेको उल्लेख गरेका छन् । देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र नरहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।‘प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन। त्यो स्वतः स्फूर्त एवं लोकसम्मत हुन्छ र हुनुपर्छ। अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पु¥याइरहेको छ, विचारणीय प्रश्न छ’, उनले सन्देशमा भनेका छन्।274338306_982046615759336_6587717171101633655_n

प्रतिक्रिया