काठमाडौं । सरकारले प्रतिनिधिसभामा एमसीसी टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा विभिन्न समूहले संसद भवनबाहिर प्रदर्शन शुरू गरेका छन् ।
एमसीसीको विरोधमा केही दिनदेखि नयाँबानेश्वरस्थित संसद भवन आसपासको क्षेत्रमा प्रदर्शन हुँदै आएको छ । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरेसँगै विभिन्न दल तथा तिनका भातृ संगठनले त्यसको विरोधमा प्रदर्शन सुरु गरेका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भातृ संगठन पनि विरोध प्रदर्शनमा उत्रिएका छन् । यसअघिका प्रदर्शनमा प्रहरी प्रदर्शनकारीबीच झडप भएका थिए भने आज पनि बानेश्वर क्षेत्रको स्थिति तनावपूर्ण बनेको छ ।
उनीहरुले एमसीसी कुनै हालतमा संसदमा पेश नगर्न माग गर्दै आएका छन् । सत्ता गठबन्धनको आजको बैठकले भने एमसीसी संसदमा टेबल गर्ने सहमति गरेको छ । आज दिउँसो एक बजे बस्ने बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी छ ।
प्रतिक्रिया