‘एशियान’ समाचारदाता सम्मेलनमा राष्ट्र संघका पूर्व महासचिव मुन

काठमाडौं । एशिया जर्नलिस्ट एशोशिएशन (आजा) ले प्रकाशन गरिरहेको ‘एशियान’ को दशौं वार्षिकोत्सवमा एकसय जना  समाचारदाता सहभागी हुने भएका छन् ।

त्यसमा संयुक्त राष्ट्र संघका पूर्व महासचिव वान कि मुनले जलवायु परिवर्तन सम्बन्धमा सम्बोधन गर्ने कार्यक्रम छ ।

दक्षिण कोरियाको राजधानी सिओलको नेशनल एसम्ब्ली लाईब्रेरीको सभाकक्षमा आगामी चैत्र ८ मा आयोजना हुने कार्याशालामा तीस देशका सय समाचारदाता सहभागी हुने एशियानका प्रधान सम्पादक तथा आजाका संस्थापक अध्यक्ष लि साङ् कीले बताए ।

‘नयाँ नेतृत्व, सक्रिय वातावरणीय र सामाजीक सुशासन’ शीर्षक राखिएको अन्तरक्रियामा दक्षिण कोरियाका विषय विज्ञहरुले आफ्नो अनुभव सुनाउने कार्यक्रय तय भएको छ ।

कार्यक्रममा संकटमा कोरियाको अर्थतन्त्र, आर्थिक वृध्दिमा सबैको सहभागिता, कोरियाको पूँजी बजार, विश्व सद्भावका लागि प्रविधिको बिकास, अन्तरिक्षको ध्रुवीकरण दीर्घकालिन समाजका लागि अनलाईन अन्तरिक्षको निर्माणमा कार्यपत्र प्रस्तुत हुने जनाईएको छ ।

सन् २०११ को नोभेम्बरबाट अंग्रेजी र कोरियन भाषामा म्यागजिन प्रकाशन सुरु भएको एशियान एक वर्षपछि अरेबियन भाषामा पनि प्रकाशन भैरहेको छ । अहिले तिनवटै भाषामा अनलाईन संस्करण पनि प्रकाशन जारी रहेको छ । 
 

प्रतिक्रिया