बारको निर्वाचनमा कसैसँग तालमेल नगर्न डिएलएलाई कोइरालाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)ले बारको चुनाव एक्लै लड्नुपर्ने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत कोइरालाले बारको चुनावमा कसैसँग गठबन्धन गर्न नहुने बताएका हुन् । उनले कांग्रेस निकट डिएलले विधिको शासन स्थापना गर्न भूमिका महत्वपूर्ण भूमिका रहेको भन्दै अन्य पार्टी निकट संगठनसँग गठबन्धन वा तालमेल गरिए मर्ममाथि आँच आउने बताए ।

उनले भनेका छन्, ‘विधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को महत्वपूर्ण भुमिका छ। यो लोकतान्त्रिक कानुन व्यावसायीहरुको पेशागत र बौद्धिक संगठन हो। नेपाल बार एसोसिएसनको निर्वाचनमा डिएलए एक्लै प्रतिस्पर्धामा उभिनुपर्छ। अन्य पार्टी निकट संगठनसँग गठबन्धन वा तालमेल गरिनु हुँदैन, यदि यसो गरिए डिएलएको पेशागत मर्म र मर्यादामा आँच आउँछ।’

प्रतिक्रिया