'पार्टीमासबैलाई उचित भूमिका दिइन्छ'

काठमाडौँ : नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सहभागी हुने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताउनुभएको छ । पार्टीका तर्फबाट अगाडि सारिएको जनपक्षीय एजेण्डलाई कार्यान्वयन गराउनका लागि जनताको घर दैलोमा लैजान र देशका लागि आफूहरुका तर्फबाट गरिएको पहलबारे जानकारी गराउनसमेत उहाँले आग्रह गर्नुभयो । 

आज आफ्नै निवास खुमलटारमा विभिन्न पार्टी छोडेर आएका नेता तथा कार्यकर्तालाई स्वागतका क्रममा अध्यक्ष दाहालले सो अआग्रह गर्नुभएको हो । सो अवसरमा नेकपा९एमाले० सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङ, नेका र राप्रपा परित्याग गरी  आएका १२ नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका थिए । कार्यक्रममा माओवादीका नेता युवराज दुलाललगायत नेता तथा कार्यकर्ताको समेत उपस्थिति थियो ।

प्रतिक्रिया