ढाका, एजेन्सी । बंगलादेशमा पुनः एकपल्ट हिन्दू मन्दिर कट्टरपन्थीहरूको निशानामा परेको छ । बिहीबार राति ढाकास्थित इस्कोनको राधाकान्त मन्दिरमा दुई सय जनाको कट्टरपन्थी भिडले मन्दिर तोडफोड गरेको हो । घटनामा तीन जना घाइते भएको समाचार छ ।
मन्दिर तोडफोडको नेतृत्व हाजी सफिउल्लाहले गरेका थिए । इस्कोन भारतका उपाध्यक्ष राधारमण दासले ट्वीट गरेका छन्, ‘हामीलाई आश्चर्य लागिरहेको छ। पाकिस्तान र बंगलादेशमा अल्पसंख्यक हिन्दु मारमा परेका छन् तर सयुक्त राष्ट्र संघले केही बोल्दैन। यतिधेरै अल्पसंख्यकले ज्यान र सम्पत्ति गुमाएका छन्।’
शिव सेनाको राज्यसभा सांसद प्रियंका चतुर्वेदीले घटनाको निन्दा गरेकी छिन् । उनले विदेश मन्त्रालयलाई यो कुरा बंगलादेश सरकारसँग बलियो रुपमा उठाउन आग्रह गरेकी छिन् । गतवर्ष दुर्गा पुजामा पनि चान्दपुर जिल्लामा रहेको हिन्दु मन्दिरमा तोडफोड भएको थियो। यो घटनामा ती जनाको गोली हानेर हत्या गरिएको थियो ।
प्रतिक्रिया