म्यादी प्रहरीमा मोह 

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै फारम भर्नेको भीड लागेको छ । फाराम भर्न काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसरमा युवायुवतीको भिड लागेको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न आवेदन खुलाइएको छ ।

फाराम यही चैत १२ गतेसम्म भर्ना सकिनेछ । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिन हुनेछ ।  उनीहरूको आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ हुनेछ भने ४० दिनको कुल तलब बैंक खातामा ३० हजार २४० रुपैयाँ जम्मा गरिने छ । 

myadi bharna (12)

myadi bharna (11)

myadi bharna (10)

myadi bharna (8)

myadi bharna (9)
myadi bharna (1)

प्रतिक्रिया