अमोनिया ग्यास चुहावट भयो भने के हुन्छ ?

काठमाडौं– युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रहेको रासायनिक प्लान्टबाट एक विषालु ग्यास अमोनिया चुहावट भएको छ। रुसी बमबारीले क्षतिग्रस्त रासायनिक प्लान्टबाट उक्त ग्यास चुहावट भएको हो।

युक्रेनको सिभिल डिफेन्स डिपार्टमेन्टका अनुसार ग्यास चुहावट रोक्न स्थानीय प्रशासन सफल भएको छ। यद्यपि, यस ग्यास चुहावटपछि स्थानीयलाई बंकर या भुइँ तल्लाको अपार्टमेन्टमा शरण लिन आग्रह गरिएको छ।

अमोनिया यो एक ग्यास हो, जुन हावाभन्दा भारी हुन्छ। त्यसैले त्यहाँका बासिन्दालाई भुँइ तल्लामा बस्न सल्लाह दिइएको हो। यो ग्यासको क्षतिबाट बच्न केही भूमिगत तहमा जानुपर्छ या कम्तिमा माथिल्लो तलामा बस्नुपर्ने युक्रेनी अधिकारीहरु बताउँछन्। यसो गर्दा सास लिँदा अमोनिया लिने सम्भावना कम हुनेछ।

युक्रेनमा मल बनाउन अमोनिया ग्यास प्रयोग गरिँदै आएको थियो। 

अमोनिया के हो?
अमोनिया नाइट्रोजन र हाइड्रोजन मिलेर बनेको रासायनिक यौगिक हो। यो विश्वमा सबैभन्दा धेरै उत्पादन हुने रसायन मध्ये एक हो। प्रत्येक वर्ष १७० मिलियन टन अमोनिया उत्पादन हुन्छ। यसको ८० प्रतिशत नाइट्रोजन मल बनाउन प्रयोग गरिन्छ। युक्रेनलाई युरोपको खानाको कचौरा भनिन्छ। यहाँ धेरै अन्न उत्पादन हुन्छ र मलको अत्यधिक खपत हुन्छ। देशको कालो माटो खाद्यान्न उत्पादनका लागि निकै उर्वर मानिन्छ ।

अमोनिया फोहोर ग्याँस सफा गर्न र फ्रिजमा पनि प्रयोग गरिन्छ। भविष्यमा हाइड्रोजन इन्धनको प्रवर्द्धनमा अमोनिया प्रयोग गर्ने विकल्प पनि छ। अमोनियाले ठूलो मात्रामा हाइड्रोजन भण्डार गर्छ, जसलाई बाहिर निकाल्नको लागि ऊर्जा चाहिन्छ।

यो कति विषाक्त छ?
आजसम्म अमोनियाको विषाक्त प्रभाव भएको धेरै कम घटनाहरू छन्। यो ग्यास अचेत मानिसहरुलाई होशमा ल्याउन पनि प्रयोग गरिन्छ। तर, यदि कसैले यो ग्यास धेरै लियो भने उसको लागि विषाक्त हुन सक्छ। 

आँखा, नाक र घाँटीमा जलन हुने र हाच्छ्युँ वा खोकी पटक–पटक आइरहने समस्या पनि उत्पन हुन सक्छ। जसले गर्दा आँखाबाट पानी बग्ने र टाउको दुख्ने समस्या पनि उत्पन्न हुन्छ ।

यसको मात्रा बढी भएमा सास फेर्न गाह्रो हुने र छाती दुख्ने समस्या हुन्छ। यस्तो अवस्थामा राहत पाउनको लागि धेरै ताजा हावा र वाफ लिनुपर्छ।

यो ग्यास प्रकृतिमा पाइन्छ, तर धेरै थोरै मात्रामा। जहाँ वनस्पति र जीवजन्तुको मलमूत्र कुहिन्छ, त्यहीँबाट यो ग्यास निस्कन्छ। अमोनिया मानव शरीरमा बनान्छ र एमिनो एसिड (प्रोटिनको सबैभन्दा सानो टुक्रा) तोड्न प्रयोग गरिन्छ। यो रगतमा घुल्छ र कलेजोमा पुग्छ। कलेजोमा यसको स्तर धेरै नबढोस् भनेर शरीरमा युरिया चक्र चलिरहेको छ। यसले अमोनियामा रूपान्तरण गर्छ। पिसाबको कडा गन्ध यसको कारण हो।

पहिले चुन ढुङ्गालाई क्लोराइडले तताएर मलको लागि अमोनिया ग्यास उत्पादन गरिन्थ्यो। पछि, अमोनिया औद्योगिक स्तरमा उत्पादन हुन थालेको छ।

प्रतिक्रिया