सन् २०२२ को बेइजिङ शीतकालिन ओलम्पिकमा सहभागी हुन आएका विश्वभरका खेलाडीले अर्कै संसार देख्न पाए। उनीहरुको अगाडि रोबोटहरू हिँडिरहेका थिए। सरसफाई गर्ने, पाहुनाको तापक्रम जाँच्ने र खाना तयार गर्ने र खुवाउने काम सबै रोबोटले गरे। तर, यो दृश्य अब सामान्य बन्दै गएको छ।
कोरोना महामारीसँगै सबैभन्दा बढी प्रभाव यात्रामा परेको छ। एकातिर यात्रा घटेको छ भने यात्रा भए पनि त्यसको प्रकृति अलि फरक हुनेछ। यस वर्ष यात्रा गर्दा के नयाँ चीजहरू देख्न सकिन्छ हेर्नुहोस्–
कोठा छनोट एप
अहिलेसम्म होटल बुकिङका लागि एप प्रयोग गरिन्थ्यो। अब होटलहरु एक कदम अगाडि बढेका छन्। हालै हिल्टन होटल्सले एउटा एप लञ्च गरेको छ, जसको माध्यमबाट तपाईंले आफ्नो मनपर्ने कोठा र यसका सुविधाहरू छान्न सक्नुहुन्छ।
एपमा पाइने फिचर्सहरुले तपाईंलाई कोठा छनोट गर्न मद्दत गर्छ। साथै होटेलको नक्सा पनि देखाउँछ।
डिजिटल कोठा कुञ्जी
अब होटलको कोठाको चाबी लिन रिसेप्शनमा जानु नपर्ने भएको छ। तपाईंको फोनले कोठाको साँचोको रूपमा काम गर्नेछ। तपाईंले यसका लागि एप डाउनलोड गर्नुपर्छ। पाँचतारे होटलहरुले यस्तो सुविधा दिएको छ, जसमा एप डाउनलोड गरेपछि ब्लुटुथको सहयोगमा कोठा अनलक गर्न सकिन्छ। एउटै एपले विश्वभरका ६०० पाँचचारे होटलमा काम गर्छ।
भर्चुअल लाइन
डिज्नीले अमेरिकामा जेनी नामक नयाँ फिचर जारी गरेको छ। यो एउटा एप हो, जसले तपाईंलाई डिज्नीको थिम पार्कहरू भ्रमण गर्न मद्दत गर्छ। यसमार्फत् ग्राहकहरूले आफ्नो बिदाको योजना अझ राम्रोसँग बनाउन सक्नेछन्।
तपाईं कहाँ र कहिले जाने निर्णय गर्न सक्नुहुन्छ। भिड कहाँ छ हेर्दै, एपले यस समयमा कहाँ जानुपर्छ र कहाँ जानु हुँदैन भनेर बताउनेछ। यस्तै, सुविधा विमानस्थल र अन्य ठाउँमा पनि उपलब्ध छ। एपले लाइन कति लामो छ भनेर अग्रिमरुपमा बताउनेछ। तदनुसार, तपाईं आफ्नो समय बचत गर्न सक्नुहुन्छ।
विमानस्थलमा रोबोट
रोबोटले एयरपोर्टमा धेरै काम सम्हालेका छन्। यसबाहेक रेस्टुरेन्टहरूमा खाना पकाउने र सेवा गर्नेदेखि सरसफाइ, सुरक्षा जाँच र सामान जाँच गर्ने सबै काम गर्दै आएको छ। सेप्टेम्बरमा यो प्रयोग लस एन्जलस एयरपोर्टमा सुरु गरिएको थियो। जहाँ रोबोटहरूले खाना लिएर ग्राहकहरूलाई बाँडिरहेका थिए।
प्रतिक्रिया