एमालेको स्थायी कमिटीको प्रथम बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले)को स्थायी कमिटीको प्रथम बैठक आज (आइतबार) बस्ने भएको छ। पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा अपराह्न ३ बजे बस्न लागेको हो।

बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइने उर्नले जानकारी दिएका छन्।

स्थायी कमिटीमा पदाधिकारीसहित ४५ र ४ जना पदेन सदस्य छन्।
 

प्रतिक्रिया