काठमाडौं । लोक सेवा आयोगले यही चैत २६ गते निर्धारण गरेको शाखा अधिकृत वा सो सरह पदको पहिलो चरणको परीक्षा स्थगित गरेको छ । परीक्षाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले फैसला गर्न ढिलाइ गरेपछि परीक्षा स्थगित गरिएको हो । शाखा अधिकृत पदको परीक्षाको विज्ञापन गत मंसिर महिनामा प्रकाशित भएको थियो ।
त्यतिबेला कर्मचारी समायोजनको विवाद टुंगो नलाग्दै परीक्षा लिन नपाइने भनेर सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि परीक्षा स्थगित भएको थियो । तर त्यसपछि फेरि अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला आएपछि लोक सेवा आयोगले यही चैत २६ गते परीक्षा लिने तयारी गरेको थियो ।
प्रतिक्रिया