‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार नेपाललाई

काठमाडौं । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा स्थापना गरिएको ‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ । रिपोटर्स क्लब नेपालले स्थापना गरेको उक्त पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार नेपाललाई प्रदान गर्न लागिएको क्लबका अध्यक्ष ऋषि धमलाले जानकारी दिए ।

एक लाख राशिको उक्त पुरस्कार क्लबले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा यही चैत १७ गते प्रदान गर्ने छ । क्लबले उक्त पुरस्कार यसै वर्ष स्थापना गरेको हो । वरिष्ठ पत्रकार नेपालले नेपाली सञ्चार क्षेत्र र लोकतान्त्रिक आन्दोलनमा अग्रपङ्क्तिमा रहेर भू्मिका निर्वाह गरेबापत पुरस्कार प्रदान गर्न लागिएको क्बलले जनाएको छ ।

पत्रकार नेपालले पूर्वप्रधानमन्त्री भट्टराईको प्रेस सल्लाहकारका रुपमा समेत काम गरेका थिए । पत्रकार नेपालले मुलुकका मूलधारका मिडियामा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् । उनी नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष समेत हुन् ।
 

प्रतिक्रिया