रामायण सर्किट अघि बढाउने विषयमा नेपालल र भारतका परराष्ट्रमन्त्रीबीच छलफल

काठमाडौँ । श्रीलंकाको कोलम्बोमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को मन्त्रिस्तरीय बैठकमा सहभागी हुन कोलम्बो पुगेको परराष्ट्रमन्त्री खड्का र विदेशमन्त्री जयशंकरबीच मंगलबार साइडलाइन भेटवार्ता भएको हो ।

आफूहरुबीच कनेक्टिभिटी, ऊर्जा, कृषि मल र स्वास्थ्यसम्बन्धी विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् । त्यसैगरी उनले रामायण सर्किटलाई अघि बढाउने विषयमा कुराकानी भएको जानकारी दिएका छन् ।

 

प्रतिक्रिया