युक्रेनसँगको शान्ति वार्तामा धेरै आशा छैन : रुस

काठमाडौं– रुसले युक्रेनसँगको शान्ति वार्तामा धेरै आशा नरहेको बताएको छ। रुसी सरकार प्रवक्ता दिमित्री पेस्कोभले यस वार्तालापमा रुसले केही आशाजनक नदेखेको बताए। तर, थप प्रगति भए जानकारी गराउने उनले बताए।

यसैबीच, रुसी सेनाले लुहान्स्कको उत्तरपूर्वी क्षेत्रमा बमबारी गरिरहेको छ। रुसी सेनाले यहाँ आफ्नो पकड बलियो बनाउन सक्दो प्रयास गरिरहेको छ। यद्यपि, डोनेट्स्कका क्षेत्रहरूमा उनीहरूको पकड अझै बलियो भएको छैन।

अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा स्थानीय सहरहरुमा ३५ वटा तोपखाना आक्रमण भएको छ। राजधानी किएभमा तोप आक्रमणको आवाज गुन्जिन जारी छ।

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार हालसम्म ४० लाख मानिस किएभबाट भागेका छन्। शरणार्थीलाई बेलायत आउनका लागि २७ सय भिसा जारी गरिएको छ। हालसम्म २८ हजार ३ सय जनाले भिसाका लागि आवेदन दिएका छन्।

प्रतिक्रिया