काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९०९ वटा नमुना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोही अवधिमा ६६ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८९९ रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया