कात्तिक नाचका बान्की

कात्तिक नाचका बान्की

ललितपुर । पाटनको कात्तिक डबलीमा हिरयण्यकश्यपु वध मञ्चनसँगै यस वर्षको कात्तिक नाच सम्पन्न भएको छ । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ कात्तिक नाचको परम्परा थालेका थिए । 

कात्तिक महिनाका २७ दिनसम्म विभिन्नखाले नृत्य प्रदर्शन गरिने भएकाले आम जनमानसमा यो ‘कात्तिक नाच’का रुपमा स्थापित भयो । कात्तिक नाचको मुख्य मजा नृसिंह नृत्यमा छ, जसलाई हेर्न हजारौं मानिस जुटछन् । गत वर्ष कोभिडका कारण हच्कीएका दर्शक यसपाली हवात्तै बढे ।

प्रतिक्रिया