अमेरिकाद्वारा प्रतिबन्धित पुटिनका छोरीहरू को हुन्?

काठमाडौं– अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरीलाई पनि प्रतिबन्धको दायरामा ल्याएको छ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उनीहरुलाई राष्ट्रपति पुटिनका ‘दुई वयस्क बालबालिका’ भनिएको छ।

विज्ञप्तिमा नाम नआएपनि यसअघि नै जारी गरिएको रिपोर्टमा उनीहरु मारिया भोरोन्टोभा र काटेरिना तिखोनोभा रहेको बताइएको छ। यी पुटिनकी पूर्वपत्नी ल्युडमिलाबाट जन्मिएका छोरीहरु हुन्।

पुटिनले आफ्नो परिवारको बारेमा जानकारी सधैं गोप्य राख्छन्। तर, उनले आफ्ना छोरीहरु रहेको र उनीहरुप्रति गर्व रहेको बताउँदै आएका छन्। उनले आफ्नो पहिचानलाई लिएर उठ्ने प्रश्नलाई सधैं बेवास्ता गरेका छन्।

भोरोन्टोभाको जन्म १९८५ मा भएको थियो। उनी एन्डोक्रिनोलोजिस्ट र मेडिकल कम्पनीको मालिकनी हुन्।

यता, तिखोनोभाको जन्म १९८६ भएको थियो। उनी शिक्षा र व्यापार जगतसँग जोडिएका छन्। उनी प्रतिभाशाली डान्सर पनि हुन्। उनी अन्तर्राष्ट्रिय रक एन्ड रोल प्रतियोगितामा सहभागी भइरहेकी छन्।

एक विज्ञप्तिमा ह्वाइट हाउसले भनेको छ,‘यी मानिसहरूले रुसका आम जनताको खर्चमा आफूलाई समृद्ध बनाएका छन्।’

प्रतिक्रिया