रोल्पाको माडीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थबाङका लागि छुटेको बस बिहीबार बेलुकी माडी गाउँपालिकाको तालाबाङस्थित तार्केबाङ सडकबाट खसेको हो ।

ना ३ ख ५५१८ नम्बरको बस तार्केबाङस्थित सहिद मार्गबाट करिब १ सय फिट तल माडीखोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३ पुरुष र १ महिला छन् ।

उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । गम्भीर ३ जनालाई जिल्ला अस्पताल रोल्पामा ल्याइएको छ भने अन्यलाई घर्तीगाउँस्थित स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।
 

प्रतिक्रिया