मानिसहरू रक्सी किन मन पराउँछन् ? 

पानामामा कालो टाउको भएर बाँदरको एउटा छुट्टै प्रजाति पाइन्छ। जसलाई ‘पाम फ्रुट’ निकै मिठो लाग्छ। यो फलफूलप्रति उनीहरू यति पागल छन्, जसको सेवनपछि उनीहरू लट्ठीने गरेका छन्। वास्तवमा ‘पाम फ्रुट’ मा इथेनोल नामको अल्कोहल पाइन्छ, जसका कारण यो फलफूल खाने वित्तिकै बादरहरूलाई निन्द्रा लाग्छ । 

नशामा सुत्ने गरेका यिनै बाँदरहरूको गतिविधि नियालेपछि अमेरिकी बैज्ञानिकहरू एउटा नयाँ रिसर्चमा भिडेका छन्– आखिर मद्यपान किन मानिसहरूमा लोकप्रिय भएको हो ? 

यसका लागि बैज्ञानिकहरूले कालो रंगको टाउको भएको बाँदरमा रिसर्च सुरु गरिसकेका छन् । यद्यपि अरु प्रजातिका बाँदरहरू पनि फलफूलको विभिन्न प्रकार खाएर झुम्मिने गरेका छन्। तर, बैज्ञानिकले रिसर्चको श्रोत कालो रंगको टाउको भएको बाँदरलाई नै बनाएका छन् ।

274007397_1178997402636967_4710659017012633494_n

यसअघि सोधकर्ताहरूले दुई वटा बाँदरको पिसाबको स्याम्पल लिएका थिए । जसअनुसार बाँदरको पिसाबमा इथेनोलको मात्रा पुष्टि भएको थियो । बैज्ञानिकहरूले आफ्नो रिसर्चमा बाँदरले निन्द्रा पूरा गर्न र थकान मेटाउन रक्सी प्रयोग गर्ने गरेको पत्ता लगाएका छन् ।

सोधमा समावेश नर्थरिज क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी बैज्ञानिक क्रिस्टिना क्याम्पबेलको अनुभवमा जंगलमा बसोबास गर्ने बाँदर नशामा मातिएर बस्ने गरेका छन् । यही कुरा पहिलो पल्ट सन् २००० मा जीव बैज्ञानिक रोबर्ट डडलेले भनेका थिए। डडलेका अनुसार बाँदरहरू रक्सीको स्वाद र गन्धसँग आकर्षित हुने गरेका छन् । ‘अरुले नशा दिने फल अगाडि नखाउन भन्नका लागि बाँदरहरू नशा दिने फलको पहिचान गर्दै तुरुन्त सेवन गर्ने गर्छन्,’ डडलेको भनाई छ। पहिले उनको कुरालाई गफको रुपमा उडाउने गरिन्थ्यो। तर, विस्तारै यो प्रमाणित हुँदै गइरहेको छ। 

सोधमा संलग्न क्रिस्टिना ताकत बढाउन र थकान कम गर्न मानिसहरूले पनि मद्यपान सेवन गर्ने गरेको कुरालाई नकार्दिनन् । मध्य तथा दक्षिण अमेरिकाका मानिसहरू नशाका लागि यही ‘पाम फ्रुट’ को सेवन गर्छन् ।

यसबाट चिचा नामको घरेलु रक्सी बनाउने गरिन्छ। बैज्ञानिकहरूले मानिसले जति ‘फर्मेटेड’ फल सेवन गर्छ, त्यति नै शरीरलाई उर्जा प्राप्त हुने गरेको बताएका छन्। उनीहरू बाँदर र मानवको जिन लगभग उस्तै भएका कारण मानिसहरूले पनि बाँदर जस्तै मद्यपान गर्ने गरेको बताउँछन् ।

274875261_270311358642653_478744149912760149_n
 

प्रतिक्रिया