चर्चित जापानी बाल शृंखला निन्जा हतौडीका नायक रहेनन्

काठमाडौं । विश्व चर्चित डोरेमन टेलिभिजन शृंखलाका नायक ‘फुजिको ए फुजियो’ को ८८ वर्षको उमेरमा निधन भएको छ । बाल–बालिकामाझ निन्जा हतौडी र लिटल घोस्ट क्यू–टारोको भूमिकामा लोकप्रिय बनेका ‘फुजिको ए’ को बिहीबार जापानको टोकियो शहरसहित कावासाकीमा रहेको आफ्नो घरमा निधन भएको हो ।

उनको वास्तविक नाम मोतु अबिको हो । सोसल मिडियामा उनको निधनप्रति अन्य कलाकारले गहिरो दुःख व्यक्त गरेका छन्। अबिकोका पिता भिक्षु थिए । उनी मध्य टोयामा क्षेत्रको एउटा ऐतिहासिक मन्दिरमा बसोबास गर्थे भने अबिको उनका जेठा छोरा हुन्। 

कक्षा ५ मा पढ्दै गर्दा उनको पिताको निधन भएको थियो। यसपछि अबिकोले परिवारसँगै मन्दिर छोडेका थिए। सन् २०२० मा मिडियासँग कुराकानी गर्दै अबिकोले भनेका थिए, ‘पिताको मृत्युपछि मेरो जीवनमा ठूलो उतारचढाव आयो। मेरो पिताको निधन नभएको भए, म अहिले साधु हुन्थे।’

हाइस्कुलको पढाईका क्रममा उनको मित्रता हिरोसी फुजिमोतोसँग भएको थियो। उनीहरूले नै मिलेर जापानको बहुचर्चित कार्टुन डोरेमनको निर्माण गरेका थिए। डोरेमनको सफलतापछि उनीहरूले मिलेर थुप्रै कार्टुन बनाएका थिए।
 

प्रतिक्रिया