फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने रुसको चेतावनी

काठमाडौं– फिनल्याण्ड र स्वीडेन पश्चिमा सैन्य संगठन नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने रुसले चेतावनी दिएको छ।

रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले नेटो संगठन टकराव निम्त्याउने माध्यमका रुपमा रहेको आरोप लगाएका छन्।

युक्रेन नेटोमा सामेल हुन तयारीमा रहेको अवस्थामा रुसले गत फेब्रुअरी २४ देखि सैन्य आक्रमण गर्दै आएको छ। रुसले युक्रेनलाई बारम्बार नेटोमा सामेल नहुन आग्रह गर्दै आएको छ। 

यही बेला फिनल्याण्ड र स्वीडेनले पनि नेटोको सदस्य बन्ने सम्भावनाबारे छलफल थालेका छन्। आउँदो जुनको सुरुमा फिनल्याण्ड र स्वीडेनको नेटो सदस्यबारे छलफल हुने सम्भावना छ। रुसले भने त्यसलाई लिएर चेतावनी दिएको हो।

उनीहरुको सदस्यता स्वीकृत भएमा नेटोमा सामेल देशहरुको संख्या ३२ पुग्ने छ। गएको हप्ता यो विषयलाई लिएर नेटो नेताहरु र फिनल्याण्ड तथा स्वीडेनका विदेशमन्त्रीबीच छलफल भएको थियो।


 

प्रतिक्रिया