अमेरिकाले भारतलाई भन्यो– उस्तै सोचाइ भएका देशहरू रुसविरुद्ध एकताबद्ध हुनुपर्छ

काठमाडौं– अमेरिकी विदेशमन्त्रीले उस्तै सोचाइ भएका देशहरू रुसविरुद्ध एकताबद्ध हुनुपर्ने बताएका छन्। 

वाशिङ्टन भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा समकक्षी एन्टोनी ब्लिङ्कन उक्त कुरा बताएका हुन्।

भारत पछिल्लो समय रुसको साथ उभिँदै आएको छ। यता, अमेरिका लगायत पश्चिमा राष्ट्र भने युक्रेनको पक्षमा उभिएको छ।

‘जसले कुनै प्रभाव पार्न सक्छन् तिनले पुटिनलाई यो युद्ध अन्त्य गराउन दबाव दिनुपर्छ। साथै प्रजातन्त्रहरू एकै ठाउँमा उभिएर एकै स्वरले हाम्रा साझा मूल्यमान्यताबारे बोल्नुपर्छ,’ उनले भने।

गत महिना राष्ट्रपति जो वाइडनले भारतको अडानलाई कमजोर भएको बताएका थिए। सोमबार राष्ट्रपति वाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक घण्टा लामो भिडिओ संवाद भएको थियो।

उक्त संवादका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले रुसी ऊर्जा आयात बढाउने विषय दिल्लीको स्वार्थअनुकूल नरहेको बताएका थिए।

मोदीसँग सोमबार भएको कुराकानीमा युक्रेन युद्धलगायत कोरोना सहयोग, विश्व अर्थतन्त्र र हिन्द प्रशान्त सुरक्षा मामिलाबारे छलफल भएको बताइएको छ।

प्रतिक्रिया