‘ब्ल्याक सी’ मा डुबेको लडाकु पानी जहाजमा जीवितै सैनिक रहेको रुसको दाबी

काठमाडौं– ‘ब्ल्याक सी’ मा डुबेको लडाकु पानी जहाजमा जीवितै सैनिकहरु रहेको रुसले दाबी गरेको छ। रुसको रक्षा मन्त्रालयले शनिबार मस्क्भ लडाकु पानी जहाजका सदस्यहरुको भन्दै भिडियो सार्वजनिक गरेको हो।

सैनिकको समूहलाई नेभी प्रमुख एडम निकोलाय यभ्मेनोभले तटीय शहर सेचनस्थनेपुल भेट गरेको देखिएको हो।भिडियोमा सैनिकहरु लामवद्ध भएर परेडका लागि तयारी अवस्थामा देखिएका छन्। 

गएको बुधबार मस्क्भ लडाकु पानी जहाजमा युक्रेन युद्धका लागि सैन्य सामग्री तथा सुरक्षाकर्मीसहित ब्ल्याक सीमा रहेका बेला बिस्फोट भएको थियो। रुसी रक्षा मन्त्रालयले गम्भीर रुपमा क्षतिग्रस्त भएको सो पानी जहाज ब्ल्याक सी मै डुबेको बताएको हो।

समुद्रमा आएको छालहरुका कारण जहाज डुबेको दाबी रुसी रक्षा मन्त्रालयको थियो। ५१० सदस्य रहन सक्ने मिसाइल क्रुजर पानी जहाजमा भएको क्षति युक्रेन युद्धमा रुसले बेहोरेको ठूलो सैन्य धक्काका रुपमा हेरिएको छ।

युक्रेनले आफ्ना सैनिकले प्रहार गरेको मिसाइलका कारण मस्क्भ क्षतिग्रस्त भएको बताएको थियो। तर रुसले भने हालसम्म पानी जहाजमा भएको आक्रमणबारे केही बताएको छैन।

आगलागीका कारण पानी जहाजमा क्षति भएको र गम्भीर छालका कारण डुबेको रुसी दाबी छ। 

प्रतिक्रिया