कतारमा २१ नेपालीलाई आममाफी

दोहा। कतारमा बन्दी जीवन बिताइरहेका २१ नेपालीलाई सरकारले आममाफी दिने भएको छ।

ती नेपाली बन्दीलाई मुसलमानहरूको महान चाँड रमादानको महिनामा माफी दिन लागिएको हो। 

कतारस्थित नेपाली दूतावासका अनुसार माफी पाउने नेपालीमा यौनजन्य क्रियाकलापमा ३, चोरीमा ११, मादक पदार्थ बिक्री वितरणमा २ र आर्थिक हिनामिनामा ५ जनालाई अभियुक्त बनाउँदै जेल चलान गरिएको थियो।

बन्दीको चालचलन राम्रो भएको आधारमा कतारी आमिर शेख तमिम बिन हमाद अल थानीले आममाफी दिन लागेका हुन्। 

याे पनि हेर्नुस्

अनि यसरी ठडियो काठमाडौं विश्वविद्यालय

‘नेपालको बजेट कर्मकाण्डी भइसक्यो’

‘अटल राजनेता’ गिरिजाबाबु

 

 

 

प्रतिक्रिया