दिल्लीमा मास्क अनिवार्य, नलगाउनेलाई ५ सय जरिवाना


दिल्ली। एजेन्सीः भारतीय राजधानी दिल्लीमा मास्क नलगाउने व्यक्तिलाई ५ सय रुपैयाँ जरिवाना तोकिएको छ। पछिल्लो समय दिल्लीमा कोरोना संक्रमण बढ्न थालेपछि दिल्ली पुनर्निमाण प्राधिकरणले यस्तो नियम लागु गरेको हो। 

बुधबार प्राधिकरणको बैठकमा मास्कलाई अनिवार्य गरियो। यस्तै, स्कुल तथा अन्य शिक्षण संस्था खुला राख्ने तर मास्क नलगाइ हिँड्ने व्यक्तिलाई ५ सय रुपैयाँ जरिवाना तिराउने निर्णय भयो। 

प्राधिकरणले कोभिड–१९ को नयाँ भेरियन्ट बी १.१०, बी १.१२ को संकेत प्राप्त भएपछि यो निर्णय गर्नुपरेको बताएको छ। स्वास्थ्य विभागको तथ्यांक अनुसार मंगलबार दिल्लीमा ६ सय ३२ नयाँ संक्रमित फेला परेका थिए। दिल्लीमा अहिले पनि एक्टिभ केस १९ सयको हाराहारीमा छ। भारतमा कोरोनाका कारण यसअघि नै ५ लाख २२ हजार मानिसको निधन भइसकेको छ। 
 

याे पनि हेर्नुस्

नेपालमा भएका सबै ठूला ‘एलसी काण्ड’ बजेट मिलाएर भएको होः अर्थविद् बसन्त लोहनी

‘एगम्यान अफ इन्डिया’

किन सक्रिय छन् यी आइएनजीओ?

 
 

 

प्रतिक्रिया