दिल्लीमा मास्क नलगाउनेलाई ८ सय जरिबाना

काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीमा मास्क अनिवार्य गरिएको छ। दैनिक रुपमा कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो।

मास्क नलगाउनेलाई ५ सय भारु (८ सय नेपाली रपैयाँ) जरिबाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले जनाएको छ।

तर, तत्काललाई  विद्यालय बन्द गर्ने तथा सामाजिक जमघटमा प्रतिबन्ध लगाउने निर्णय भने नभएको बताइएको छ। 

पछिल्ला कही दिनयता दिल्लीमा संक्रमितको संख्या बढेको थियो। कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा ५ लाख २२ हजार जनाको मृत्यु भइसकेको छ।  

प्रतिक्रिया