नेटफ्लिक्सले गुमायो दुई लाखभन्दा बढी सब्स्क्राइबर

काठमाडौं– नेटफ्लिक्सले यो वर्षको पहिलो त्रैमासिकमा आफ्ना दुई लाखभन्दा बढी सब्स्क्राइबर गुमाएको छ।

मंगलबार नेटफ्लिक्सले दिएको जानकारी अनुसार एक दशकभन्दा लामो समयमा पहिलोपटक सब्स्क्राइबर कम भएको हो। 

अमेरिका, बेलायतसहितका प्रमुख बजारहरूमा मूल्य बढाएको तथा रुसमा सेवा रोकेपछि नेटफ्लिक्सका सब्स्क्राइबरमा कमी आएको बताइन्छ।

नेटफ्लिक्सले यसअघि सन् २०११ को अक्टोबर त्रैमासिकमा सब्स्क्राइबर गुमाएको थियो। अझै पनि विश्वभर नेटफ्लिक्सका २२० मिलियन सब्स्क्राइबर छन्।

त्यसको प्रभाव उसको सेयर मूल्यमा परेको  छ। नेटफ्लिक्सको सेयर मूल्यमा ३५ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। 

आउँदो त्रैमासिकसम्ममा थप २० लाख सब्स्क्राइबर गुम्न सक्ने आँकलन पनि नेटफ्लिक्सको छ। सेयर मूल्यमा आएको भारी गिरावटले नेटफ्लिक्सको कुल सम्पत्तिमा ५० बिलियन कमी भएको छ।

प्रतिक्रिया