मूल्य बढेपनि टेस्लाको विद्युतीय कारको मागमा कमी आएन

काठमाडौं– टेस्ला कम्पनीले मूल्य बढाए पनि कम्पनीका विद्युतीय कारको मागमा कमी आएको छैन।

उच्च लागतका बाबजुद एलोन मस्कको विद्युतीय कार कम्पनीको नाफा वर्षको पहिलो तीन महिनामा ३.३ अर्ब डलर पुगेको छ।

यसको मुख्य कारण टेस्लाका ग्राहकहरु बढी तिर्न तयार हुनु हो। कम्पनीले वर्षको पहिलो तीन महिनामा ३ लाख १० हजारभन्दा बढी कार बिक्री गरेको छ।

यससँगै कम्पनीले गत वर्षको तुलनामा यो वर्ष ६० प्रतिशत बढी कार उत्पादन गर्ने मस्कको दाबी छ। टेस्लाले आफ्नो उत्पादनको विज्ञापन गर्दैन, तर हेडलाइनमा रहन्छ। 

प्रतिक्रिया