अफगानिस्तानमा दुई विष्फोट : १५ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

काठमाडौं– अफगानिस्तानमा भएका दुई विष्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन्।

पहिलो विस्फोट मजार-ए-शरीफ शहरको मस्जिद नजिक भएको थियो। यस विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएको एक अधिकारीले बीबीसीलाई बताए।

दोस्रो विस्फोट कुन्दुज सहरको एक प्रहरी चौकी नजिकै भएको थियो। प्रहरी प्रवक्ताका अनुसार विस्फोटमा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

अफगानिस्तानको समाचार आउटलेट टोलो न्यूजको रिपोर्ट अनुसार पहिलो विस्फोट शिया समुदायको सबैभन्दा ठूलो मस्जिद मध्ये एक मजार-ए-शरीफको शिया मस्जिदनजिक भएको थियो।

यस आउटलेटले घाइतेको संख्या कम्तिमा ६५ जना रहेको जानकारी दिएको थियो। 

अफगानिस्तानमा इस्लामिक स्टेलगायत अन्य सुन्नी चरमपन्थी संगठनहरूले प्राय: शिया समुदायलाई निशाना बनाउँछन्।

प्रतिक्रिया