सोभियत संघका जन्मदाता

जसले राजनीतिक विरोधीको हत्या गर्न लगाए

काठमाडौं। रुसी क्रान्तिका नायक लेनिनको आज शुक्रबार १ सय ५२ औं जन्मजयन्ती हो। उनको वास्तविक नाम भ्लादिमिर इलिच उल्यानोभ थियो। तर, विश्व राजनीतिमा उनी लेनिनको नामले चिनिन्छन्।  

सन् १९१७ मा लेनिनले रुसी क्रान्तिको नेतृत्व गरेका थिए, जहाँ पहिले जार शासन थियो। उनकै नेतृत्वमा १९२२ मा सोभियत संघको गठन भयो, जुन १९८९ मा भंग भयो। उनले परिकल्पना गरेको सोभियत संघ त्यतिबेला अमेरिकासँगै विश्वको दोस्रो शक्ति राष्ट्र बन्न सफल भएको थियो। 

२२ अप्रिल, सन् १८७० रुसको सिमबिस्र्कमा जन्मिएका लेनिन वैचारिक रूपमा माक्र्सवादी थिए। माक्र्सवादलाई पछ्याउँदै उनले रुसी कम्युनिस्ट पार्टीको स्थापना पनि गरे। माक्र्स र उनको नाम जोडेर विश्वमा थुप्रै कम्युनिस्ट पार्टी गठन भइसकेका छन्।

सन् १८८६ मा लेनिनको पिताको निधन भएको थियो। यसपछि घरको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो। एउटा विशेष घटनाका करण भ्लादिमिर इलिचको नाम लेनिन रहन पुग्यो। 

उनी युवा अवस्थामै जार शासानविरूद्धको अभियानमा होम्मिसकेका थिए। त्यसैले तत्कालीन रुसी सरकारबाट पक्राउ पर्ने डरले आफ्नो नाम फेरिरहन्थे। यस अवधिमा उनले आफ्नो नाम टुलिन राखे। केही समयका लागि पेत्रोवको नामले पनि चिनिए। तर, १९०१ मा पार्टीले उनको नाम लेनिन राख्ने निर्णय गर्यो। यही नामबाट पछि उनी विश्व चर्चित बने। 

जार शासान विरूद्धको आन्दोलनमा होम्मिएका कारण लेनिनलाई पहिले कलेजबाट निस्काशित गरिएको थियो। उनी त्यतिबेला कानुन विषयमा अध्ययनरत थिए। उनका भाई एलक्जेन्डर उल्यानोभ पनि जार शासाक विरूद्धको अभियानमा दाजुसँगै थिए। लेनिनलाई गलाउन १८८७ मा उनको भाईलाई फाँसीको सजाय सुनाइएको थियो। कलेजबाट निस्काशित भए पनि लेनिनले १८९१ म कानुन विषयमा स्नातक पुरा गरे।

जार शासाकविरूद्ध विद्रोह गरेको आरोेपमा सन् १८९७ मा उनलाई पहिलो पल्ट पक्राउ गरियो र त्यहाँ उनले ३ वर्ष साइबेरियाको चिसोमा कठिन जीवन बिताए। यहाँ उनले २२ जुलाइ १८९८ मा नदेज्हदा क्रुपस्कायासँग विहे गरे। लेनिन १५ वर्ष पश्चिमी युरोपमा बसे।  पश्चिमी युरोपमा बस्दा उनले अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलनमा विशेष भूमिका निर्वाह गरे। यसै कारण उनलाई ‘रसियन सोसल डेमोक्रेटिक वर्कर्स पार्टी’ को ‘वोल्शेविक’ समूहको नेता नियुक्त गरियो। 

सन् १९१७ मा लेनिन पुनः रुस फर्किए। रुसी क्रान्तिको अगुवाई गरे। जसलाई अहिले विश्वभरीका मानिसहरू ‘अक्टुबर क्रान्ति’ अर्थात् ‘बोल्शेविक क्रान्ति’ को नामले चिन्ने गर्छन्। रुसमा तीन वर्ष जार शासाकविरूद्ध गृह युद्ध चल्यो। अन्ततः लेनिनले नेतृत्व गरेको बोल्शेविकको जित भयो र पुरै देशमा उनको नियन्त्रण स्थापित भयो। 

लेनिन १९१७–१९२४ सम्म सोभियत रुसको हर्ताकर्ता बने। रुसको छिमेकी राष्ट्रलाई पनि जोडेर सन् १९२२–१९२४ सम्म उनी सोभियत संघ सरकारको नेता बने। उनको शासनमा सोभियत संघ रुसी कम्युनिस्ट पार्टी नियन्त्रित एकदलीय समाजवादी राज्यको रुपमा रुपान्तरण भयो। 

आफ्नो शासानकालमा लेनिनले थुप्रै आलोचना खेप्नु पर्यो। उनलाई जातीय भेदभाव फैलाउने नेताको रूपमा चित्रण गरियो। लेनिनलाई उनका समर्थक समाजवाद र सर्वहारा वर्गको मुक्तिको मसिहा ठान्थे। तर, आलोचकहरू उनी तानाशाही भइसकेको र सत्ताका लागि जे पनि गर्ने नेताको रूपमा चित्रण गर्थे। उनले ठूलो संख्यामा राजनीतिक विरोधीको हत्या गर्न लगाए।  

सन् १९१८ मा लेनिनलाई मार्ने प्रयास भएको थियो। जसका कारण उनी नराम्ररी घाइते भए। उनलाई १९२२ मा ‘स्ट्रोक’ पनि भएको थियो। २१ जनवरी १९२४ मा रुसको गोर्की भन्ने ठाउँमा उनको निधन भयो। लेनिनको अन्तिम संस्कार भएन। उनको मृत शरीरलाई अहिले पनि मस्कोको रेड स्क्वायरमा सुरक्षित राखिएको छ। उनको शरीर हेर्न अहिले पनि मस्कोमा वर्षेनी लाखौं पर्यटक पुग्ने गर्छन्। 


 

प्रतिक्रिया