अमेरिकामा किन दिइयो उपराष्ट्रपति कमलालाई राष्ट्रपतिको सम्पूर्ण शक्ति ? 

 

Kamala+Harris+and+Joe+Biden_heroवाशिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो शक्ति उपराष्ट्रपति कमला ह्यारिसलाई हस्तान्तरण गरेका छन् । 

राष्ट्रपति बाइडेनको हरेक वर्ष क्लोनोस्कोपी गराउनुपर्छ । यसका लागि एनेस्थेसिया दिइन्छ । यस वर्ष पनि शुक्रबार विहान वाल्टर रिड अस्पतालमा उपचारका क्रममा बाइडेनलाई अचेत बनाइएकाले उपराष्ट्रपति ह्यारिसलाई राष्ट्रपतिको शक्ति हस्तान्तरण गरिएको हो । छोटो समयका लागिमात्र भएपनि कमला ह्यारिस राष्ट्रपतिको शक्ति प्राप्त गर्ने अमेरिकी इतिहासमै पहिलो महिला र पहिलो एसियन अमेरिकन भएकी छिन् ।

यसअघि राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा पनि सन् २००२ र २००७ मा यस्तै घटना भएको थियो । 

बाइडेनको अमेरिकी संविधानको २५ औं संसोधनको सेक्सन ३ को प्रयोग गरेर शक्ति हस्तान्तरण गरेका हुन्, जस अनुसार राष्ट्रपतिले सिनेटका अस्थायी अध्यक्ष र हाउस स्पीकरलाई आफू शक्ति प्रयोग गर्न अक्षम रहेको व्यहोराको लिखित घोषणा दिनुपर्छ । र कार्यवाहक राष्ट्रपतिका रुपमा उपराष्ट्रपतिलाई शक्ति हस्तान्तरण गर्नुपर्छ ।

बाइडेन शनिबार ७९ बर्ष पुग्दैछन् । बाइडेनको जन्मदिनको एकदिनअघि नियमित स्वास्थ्य जाँच गर्ने गरिएको छ । राष्ट्रपति भइसकेपछि यो उनको पहिलो नियमित स्वास्थ्यजाँच हो । राष्ट्रपति बाइडेनले शुक्रवार बिहानै ११ बजेपछि आफ्नो कार्यभार पुन सम्हालेका छन् ।  


 

प्रतिक्रिया