माक्रोँ दोस्रो पटक फ्रान्सका राष्ट्रपतिमा निर्वाचित

काठमाडौं– इमैनुएल माक्रोँ दोस्रो पटक फ्रान्सका राष्ट्रपतिमा निर्वाचित भएका छन्।

प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै माक्रोँ थप पाँच वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन्। माक्रोँले ५८ प्रतिशत मतसहित जित हासिल गरेको बताइएको छ। त्यो भनेको अपेक्षा गरिएको भन्दा ठूलो अन्तर हो।

यद्यपि माक्रोँद्वारा पराजित पेनले अति दक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन्।

आइफल टावरको फेदमा उदारवादी माक्रोँले हर्षोल्लासका साथ आफ्ना समर्थकहरूलाई अब चुनाव सकिएकाले आफू सबैका लागि राष्ट्रपति बनेको बताएका छन्।

उनकी प्रतिद्वन्दी ल पेनले पराजित भए पनि आफूले पाएको मतले जितेको बताइन्। उनले आफ्ना समर्थकहरूलाई आफूहरूका राष्ट्रिय र्‍यालीहरूले आफ्नो विचारलाई नयाँ उचाइमा पुर्‍याएको बताइन्।
 

प्रतिक्रिया