अमेरिकाद्वारा महिला कूटनीतिज्ञ युक्रेनको राजदूतमा नियुक्त 

काठमाडौं– अमेरिकी राष्ट्रपति जो वाइडेनले कूटनीतिज्ञ ब्रिजेट ब्रिङ्कलाई युक्रेनका लागि नयाँ अमेरिकी राजदूतमा चयन गरेका छन्।

यसअघि ह्वाइट हाउसले ब्रिङ्कले विगत तीन वर्षदेखि खाली रहेको मुख्य पद लिने घोषणा गरेको थियो।

रुसले युक्रेनलाई आक्रमण गरिरहेको बेला अमेरिकाले राजदूत नियुक्त गर्न लागेको हो। अमेरिका र युक्रेनबीच घनिष्ट सम्बन्ध रहेको छ। रुसले आक्रमण गरिरहेको बेला अमेरिकाले युक्रेनलाई सबै सम्भव सहयोग उपलब्ध गराउने प्रयास गरिरहेको छ।

ब्रिङ्क विगत २५ वर्षदेखि कूटनीतिज्ञ छिन्। उनी हाल स्लोभाकियाका लागि अमेरिकी राजदूतका रूपमा कार्यरत छिन्। 

ह्वाइट हाउसले भनेको छ,‘ब्रिङ्कको दशकौंको अनुभवले युक्रेनको इतिहासको महत्वपूर्ण समयमा यो पदका लागि योग्य बनाएको छ।’

प्रतिक्रिया