भारतमा बुल्डोजरले एटिएम मेशिन चोरी गर्ने प्रयास

मुम्बई। भारतमा एउटा रोचक घटना भएको छ। भारतको महाराष्ट्रमा चोरहरूले बुल्डोजरको सहयोगले एटिएम मेशिन फोडेर पैसा लुट्ने असफल प्रयास गरेका छन्। 

मुम्बई पुलिसका अनुसार चोरहरूले एउटा पेट्रोल पम्पबाट पहिले जेसीबी चोरी गरेका थिए। उनीहरूले बुल्डोजरको सहयोगले एटिएम बुथको ढोका फोडेर एटिएमको बक्सा निकालेका थिए। तर, एटिएमको मुख्य बाक्सा फोड्न सकेनन्। यसपछि घटनाको केही टाढा बाक्सा छोडेर गएको प्रहरीले बताएको छ।
 
बुल्डोजरले फोडेको एटिएम मेशिनमा २७ लाख रुपैयाँ थियो। तर, चोरहरूले यो उम्काउन सकेनन्। भारतमा एटिएमबाट चोरी गर्न बुल्डोजर प्रयोग भएको पहिलो घटना हो। सीसीटिभी फुटेजमा एक जना व्यक्ति बुथमा छिरेको र उ बाहिर निस्किएपछि बुल्डोजरले एटिएम मेशिन फोड्न सुरु गरेको थियो। 

घटना हुँदा एटिएम मेशिन बाहिर कुनै सुरक्षागार्ड उपस्थित थिएनन्। बुल्डोजरले पहिले एटिएम मेशिनलाई तीन भागमा फोडेर पैसा राखिएको बाक्स निकालेको बताइएको छ। प्रहरीले बिहान लक्ष्मी रोडमा एटिएम मेशिन बरामद गरेको थियो।

प्रतिक्रिया