स्थानीय निर्वाचन : १ लाख ५० हजारभन्दा बढीको उम्मेदवारी दर्ता

काठमाडौं– स्थानीय निर्वाचनका लागि १ लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखसँगै वडाअध्यक्षदेखि सदस्यसम्मले आइतबार र सोमबार मनोनयन दर्ता गराएका हुन्।

निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावका लागि देशभरबाट महानगर, उपमहानगर र नगरपालिका प्रमुखका लागि ३४ सय बढीले उम्मेदवारी दर्ता गराएका छन्। देशभर ३४ सय ६६ जनाले प्रमुख (मेयर) पदका लागि उम्मेदवारी दर्ता गराएको आयोगको पछिल्लो विवरणमा उल्लेख छ। 

त्यसैगरी, उपप्रमुख पदमा २१ सय ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी, गाउँपालिका अध्यक्षका लागि ३३ सय ७८ जनाले  तथा उपाध्यक्ष पदमा २३ सय ९२ जनाले मनोनयन दर्ता गराएका छन्। 

आयोगले सार्वजनिक गरेको बुलेटिन अनुसार वडाध्यक्षका लागि ३४ हजार ९४२ जनाले मनोनयन दर्ता गरेका छन्। महिला सदस्यका लागि २६ हजार ६१, दलित महिला सदस्यका लागि २३ हजार ४५६ र खुला सदस्यका लागि ५४ हजार ६४० जनाले उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन्।

प्रतिक्रिया