रुसमाथि आक्रमण गरेका हैनौं, युक्रेनलाई सहयोग गरेका हौं : वाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकाले रुसमाथि आक्रमण नगरेको बताएका छन्। उनले युक्रेनलाई रुसी आक्रमणबाट बचाउन सहयोग गरिरहेको दाबी गरेका छन्।

अमेरिकाले युक्रेनलाई सहयोग गर्नु सस्तो लोकप्रियता नभइ युक्रेनको साथमा उभिन भएको उनले बताए।

वाइडेनले भने, ‘भ्यादिमिर पुटिनले यो क्रूर आक्रमण सुरु गर्ने तरिका रोजेका थिए, उनले यसलाई अन्त्य गर्न पनि सक्छन्। तर, हामीले रुसमाथि आक्रमण गरेका छैनौं। युक्रेनलाई सहयोग गरेका हौं।’

वाइडेनले रुस आक्रमणकारी भएको र यसका लागि विश्वले उसलाई जवाफदेही बनाउनुपर्ने बताए।

वाइडेनले युक्रेनलाई थप सहयोग गर्ने आफ्नो योजना रहेको पनि सुनाए। ‘आगामी पाँच महिनाको लागि युक्रेनलाई ३३ बिलियन डलर बराबरको सैन्य, आर्थिक र मानवीय सहायता हुनेछ,’ उनले भने।

प्याकेजमा २० अर्ब डलरभन्दा बढी सैन्य सहायता, ८।५ अर्ब डलर आर्थिक सहायता र ३ अर्ब डलर मानवीय सहायता समावेश छ।

प्रतिक्रिया