रुसको ऊर्जा क्षेत्रमा लगानी बढाउने विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन : चीन

काठमाडौं । चीनको सरकारी तेल र ग्यास कम्पनी चाइना नेशनल अफशोर आयल कर्पोरेशन (सीएनओओसी)ले रुसको ऊर्जा क्षेत्रमा लगानी बढाउने आफ्नो कुनै योजना नभएको जनाएको छ।

युक्रेन संकट सुरु भएदेखि धेरै पश्चिमी कम्पनीहरूले रूसमाथि प्रतिबन्ध लगाएको छ। ऊर्जा क्षेत्रमा लागेका कम्पनीहरूले पनि त्यहाँ लगानी घटाइरहेका छन्।

हालै, बेलायतको अखबार द टेलिग्राफले ठूलो रूसी प्राकृतिक ग्यास भण्डारमा आफ्नो शेयर बेच्न सीएनओओसीले वार्ता गरिरहेको छ।

यद्यपि सीएनओओसीका एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘अहिले रुस–युक्रेन संकट निकै कठिन अवधिबाट गुज्रिरहेको छ । हामी सम्पूर्ण वातावरण अनुगमन गरिरहेका छौं। हामीसँग अहिले ऊर्जा लगानीमा कुनै ठोस योजना छैन।’

उनका अनुसार पश्चिमी देशहरूले रूसमा आफ्नो लगानीको बारेमा के गर्ने भनेर अझै स्पष्ट छैन। 
 

प्रतिक्रिया