संसद बैठकमा पोर्न भिडिओ हेरेका बेलायती सांसदले दिए राजीनामा

काठमाडौं– संसद बैठकमा पोर्न भिडिओ हेरेका बेलायती सांसदले राजीनामा दिएका छन्।

बेलायती सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका नेइल प्यारिसले राजीनामा दिएका हुन्। उनले आफूले संसद बैठकमा पोर्न भिडिओ हेरेको स्वीकार गरेका छन्।

उनले आफूले गल्ती गरेको भन्दै शनिबार पदबाट राजीनामा दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। यसअघि एक जना बेलायती महिला मन्त्रीले संसद बैठक चलिरहँदा छेउमा बसेका पुरूष सांसदले पोर्न भिडिओ हेरिरहेको आफूले देखेको बताएकी थिइन्। 

सञ्चारमाध्यममा घटना बाहिर आएपछि प्रधानमन्त्री जोन्सनले प्यारिसलाई निलम्बन गरेका थिए। प्यारिसले पहिलो पटक ट्याक्टरको भिडिओ हेर्न खोज्दा झुक्किएर पोर्न भिडिओ आएको बताएका थिए।


तर, दोस्रो पटक भने आफूले पोर्न भिडिओ हेरेको बताएका छन्। उनले आफूले जे गरे पनि आफूले गल्ती गरेको स्वीकार गरेका छन्।

प्रतिक्रिया