स्थानीय तह निर्वाचन : ७६ वटा जिल्लाका लागि मतपत्र छपाई कार्य सम्पन्न

काठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार सोमबारबाट भक्तपुर जिल्लाको मतपत्र छपाई काम सुरू हुनेछ।

जनक शिक्षा सामग्री संस्थान, सानोठिमीमा नमूनादेखि वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि मतपत्रका छपाई कार्य भएको थियो।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता, खारेजीलगायतका कार्यतालिका सम्पन्न गरेलगत्तै सम्पूर्ण जिल्लाका मतपत्र छपाईको काम सम्पन्न गरेर ढुवानीलाई अन्तिम चरणमा पुर्याएको छ।

छापिएका मतपत्रमध्ये वैशाख १८ गतेभित्र नै ४९ जिल्लाहरुमा ढुवानी गर्ने काम सम्पन्न गरिसकेको आयोगले जनाएको छ। आज दोलखा, सिन्धुली र रामछाँपका लागि मतपत्रहरु ढुवानी गर्दै छ।

६ महानगरपालिका र भक्तपुर जिल्लाबाहेकका अन्य जिल्लाका लागि १ करोड ४५ लाख ८० हजार मतपत्र छापिएको आयोगका प्रवक्ता शालिकराम पराजुलीले जानकारी दिए।

प्रतिक्रिया